शिशिर र बसन्तीको  अन्तरकथा   ´´जलद´´का कथाहरु««
लेखक इन्द्रेणी शर्मा ´´जलद ´´
         बसंतीका आँखा रसाएका थिए, मैले आफ्नो सारा काहनी सुनाएँ / बसंती धेरै बर्ष पछि मैले भेटेको थिएं एक सरकारी अस्पतालमा ,आफ्नो लोग्नेको उपचारको सिलसिलामा आएकी रहिछे हामी दौतरी थियौं ,हाम्रा काकाले बेलाबेलामा जिस्काउनु हुन्थ्यो हामी लाजले पानी हुन्थ्यौं अहिले उ आफ्नो जीवनको कथा सुनाउन खोज्दैछे , ऊ सामान्य परिवारमा हुर्केकी थिइ .उसको ठुलो दाइ मेरो स्कुले साथी थियो / रमेश थियो उसको नाम . बसन्ती मेरी सानिमाकी छोरी उषासँग हेलमेल थियो बसन्ती कहिलेकाँही मेरो कोठामा आएर आफ्नो जीवनका रंग कोर्थी म कल्पनामा हराउन पुग्थें /
हामी बसाईंसराइको सिलसिलमा हामी आफ्नो जन्मेको ठाउ छोडेर तराइ तिर लागियो ऊ आफ्नो पुरानो बस्तिमा नै आफ्नो जीवनका दिन बिताउदै हुदिहो यसरी भेट नभएको पनि बर्षौं भयो
म तराइमा थिएँ बसंतीको खुबैयाद आउथ्यो के गर्नु ? मेरो स्कुले जीवनका कारण म आफ्नो पुरानो घर जान सकिन मेरा कुरा बसन्तीलाई बेलाबेलामा लेख्थें उसले पनि आफ्नो मनको बह पोखेकी हुन्थी उसको दाइ दोहोरो भिडन्तमा परे पछी घाइते भएछ उपचार त भयो तर अपांग जीवन बिताउदै गाउँ कै स्कुलमा शिक्षक भएछ / समय बित्दै गयो एक दिन बसन्तीको पनि कतारमा कामगर्ने साल टारीका उमेश संग बिबाह भएछ जब मैले सुने म छानाबाट खसेको अनुभव गरें /
आज मेरो आफ्नै जीवन छ तर म खुशी हुनसकेको छैन किनकी बसन्तीले मेरो जीवनमा नया प्रेमको आवाज भरेकी थिइ
उसले मलाइ आफ्नो कुरा कहित्यै लुकाइन , म उसको जीवनमा कति पोखिएको थिएँ ? कति भरोसामा डुबेको थिएँ डायरीका पानामा मनका बेगहरु सलबलाएका हुन्थें /
शिशिर मेरो जीवनमा तिमी बाहेक अर्को पुरुष हुने छैन उसले आस्वस्त पार्थि म बेचैन हुन्थें मेरो सारा आफंतिको अगाडि कसरी हिम्मत गर्नु ? म यसरी नै आफ्नो कथा सुनाउदै थिएँ
मनका आंधी बेहरीले सारा जीवनमा हलचल ल्यायो  बसंतीको मनको संसारमा आज सुनामी आएको थियो  मेरो भित्रीसतहमा उसैको झझल्को हुन्थ्यो  . हाम्रो कुराकानी उसको लोग्नेले  छेवैबाट सुनेछ
भाबुक हुदै  आफ्नो बिगत सम्झाउदै भन्यो हो– ´´शिशिरजी यस्तो त होई हाल्छ नि यो कसैको दोष होइन «« प्रेम पबित्र हुनु नै  आत्मा सत्य हुनु हो  ««हेर्नुस यस्तो कुरा पहिल्यै थाहा पाएको भए ठिक हुदो रहेछ  ठिक छ  बसंतीको पबित्र मन छ जुन हजुरलाई थाहा छ तर आज म भाग्यवान ठान्दछु /´´
बसंतीको आँखा रसाएका मात्र थिएनन् आँशुले छाती चुर्लुम्म भिजेको थियो – आफ्नो लोग्नेको यो कुराले ऊ झन् प्रभावित संबेदनशिल हुन् पुगेकी थिइ
नारीको मर्म कति गहिरो हुन्छ आज ति आँशु बगाइले स्पष्ट पारेको थियो
बसन्ती मेरो जीवनकी पहिला नारी थिइ केटीसाथीको रुपमा  हरेक नया कुरा चिज एकअर्काको बीच बाड़ीचुडी गर्दथ्यौ  त्यो अनुपम आनन्द थियो /दुवै एक अर्कोमा हराएका हुन्थ्यौं  – मैले लेखेका गित जाब बसन्तीले गाउथी  मानिस टक्क उभिएर सुनी  रहन्थे  कोकिल आवाज थियो उसको म उसको हरेक कुराले मोहित हुन्थें  मेरा अरु दौतरी रिसले आगो हुन्थें  सुन्दरी कोकिल आवाज सुडौल तन मनकारी मनको बोली सुशील आनिबानिको त  प्रतिमुर्ति नै थिइ बसन्ती , सबैको मन खिचेको हुन्थ्यो  / जब स्कुल पुग्थ्यें उसकै सम्झनाले म भाबनामा आफै हराउथें
ऊ अर्कै कि थिइ
मेरी हुन् सकिन मेरो मनको संसारमा ऊ निस्कन सकेकी भने थिइन  म बिबश थिएँ
शिशिर हामी आफ्नो घर लाग्यौं  डाक्टरले  एक पटक आउन भनेका छन त्यति बेला
तिम्रो घरमा बस्ने गरि आउछौं ल
मेरो मन कति रोयो आज मेरो जीवनमा बसन्ती भएको भए कस्तो हुने थियो ? शिशिरले आफ्नो बिगत सम्झ्यो  ऊ नदीको किनारतिर लाग्यो
भोलि पल्ट अखबारमा एक सनसनी पूर्ण खवर छापियो    ´´ शिशिरले नदीमा हाम फाले ´
शिशिर बाबुले आफ्नो जीवन व्यर्थमा फ्याकन खोजे
स्कुलबाट बिद्यार्थी घरतिर फर्कदै थिए अचानक एक मानिस झ्वाम्म नदीमा हामफालेको देखेछन सबैले गुहार गुहार गरेर चिच्चाए एक माझि नदीको किनारमै थिए  आफ्नो डुंगा हतार हतार लिएर बगिरहेको मानिसलाई समाती हाले पानि धेरै पिए  पनि होश गइ सकेको थिएन
मानिस जम्मा भए जीवनका कथा ब्यथा सुनाउन थाले  समाजमा भएका  युवायुवतीको भावनाको बारेमा चासो दिनु पर्छ नत्र यस्तै हुन्छ भन्ने कुरो बुझियो युवायुवतीको मनको तरंग सुनामी भन्दा डर लाग्दो हुन्छ हामीले बेलैमा बुझ्नु जरुरि हुन्छ यस्तै कुरा हुदै थिए एक युवकले कपडा माथि एक चिठ्ठी फेला पारे  अनि सबैलाई जानकारी दिए
उनको कपदासामु  एक लामो पत्र कोरिएको थियो
नन्दु केशवले पढेर सुनाउन थाले
बसन्ती
कोमल सम्झनाहरु
       तिमीले आफ्नो जीवनमा मेरो पुरानो सम्झना सदैब हटाउनु  किनकी तिम्रो यादले म पलपल पागल सरि बने म बाचेर पनि जिउदो लाश हुनु उचित ठानिन  आखिर अर्को जीवनमा पुनर  मिलनको कामना गर्दै तिम्रै नाममा बिदा हुन् पुगें याहा कोहि कसैको दोष र दबाव छैन मेरोआफ़्फ़्नै इच्छाले आत्मा हत्या गर्न पुगें  मलाइ थाहा थियो कातरले मात्र यसको निर्दयी कुकार्य गर्छन आखिर मेरो जाने बखत रहेछ  तिमीले आफ्नो श्रीमानको सम्मान गर्नु उनि महान रहेछन  हाम्रो कुरा सुनेर पनि रिसायेनन  बरु गर्ब गरे  तिमी महान छयौ बसन्ती म अब यो  संसारबाट  बिदा लिदै छु मलाइ माफ गर
तिम्रो हुन् नसकेको
शिशिर अभागी
समाप्त «««««««««
दिनांक ०९/०५/२०१२ बुधबार राति २१.२५
प्रगतिनगर नवलपुर नवलपरासी नेपा
 

"छोरो बिग्रीयो पल्सरले छोरी बिग्रीयो फेशबुक ले" नेपाल मा अहिलेगरीब, मध्यम गरीब घरानामा चलेको चर्चित भनाइ हो जसबाट म पुर्ण रुपले चै सहमत छुईन । म हालसाल स्थापित र नेपाली जनजिब्रोमा चलेको एउटा मान्यता बिपरित आफ्नो बिचार पोख्न लागिरहेको छु । सायद मेरो यो बिचार कतिपय अभिवावक र ब्यक्तिलाई मन नपर्न सक्छ होला । म ति सबै संग क्षमा चाहन्छु । तर साथै मैले देखेका बुझेका केहि सत्य कुरा नराखी पनि बस्न सक्दिन । आज को दिनमा चर्चामा रहेको भनाई "छोरो बिग्रयो पल्सर ले छोरी बिग्रीयो फेशबुक ले" भन्ने भनाइ प्रती म पुर्न रुपले सहमत छुईन्! यो कुरा सत्य हो कि नेपाली आकाशमा युवाहरुको माझमा सबै भन्दा लोकप्रिय बाईक को रूपमा पल्सर रहेको छ ( नेपाली उत्पादन होइन्, कुनै गर्व को कुरो पनि होइन् ) साथै अनुसन्धानले देखाए अनुसार सबै भन्दा बढी दुर्घटना हुने र मृत्यु हुनेको संख्यामा यस बाईकको नाम अग्रपंक्तिमा आउछ । अत्याधिक दुर्घटना को कारण ले कतिपय बिमा कम्पनी ले यो बाईक को बिमा गर्न मानिरहेको छैन । तर यसको मुख्य आकर्षण नै यसको दुत्रगती र पिक अप क्षमता र स्टाईल हो । कुनै चिजमा रहेको बिशेषताको लागी यसरी दोष दिने कार्य चाही उचित होइन । मुख्य कुरा नियन्त्रण हो । यसरी कुनै पनि कुरा यदी हाम्रो जीवनमा नियन्त्रण भन्दा बाहिर गएमा दुर्घटना अवश्य हुन्छ । मात्र दुर्घटना को स्वरूप बेग्ला बेग्लाई हुन्छ र परिणाम फरक फरक हुनसक्छ । हामिले दैनिक जीवनमा प्रयोग गर्ने कतिपय कुरामा नियन्त्रण गुमाउनु वा असावधान हुनु भनेको दुर्घटना निम्तयाउनु हो । यसरी सम्भावित दुर्घटनाको भयले कुनै खास बस्तुमा निहित बिशेषताको उपयोग नगर्नु त्यस बस्तुको उपभोग नगर्नु भनेको स्वयमलाई प्रबिधिबाट टाढा राख्नु र नया आबिष्कार र सम्भावना बाट आंखा चिम्लनु हुन्छ ।बस्तु र प्रबिधिको सही प्रयोगले मानिसको कार्यक्षमतालाई कैयो गुणाले बृद्दी गर्छ भने त्यही बस्तुको प्रयोगमा असावधानीले ठुलो अपुर्णिय नोक्सान गर्दछ । त्यसैले कुनै बस्तुमा निहित कुनै खास बिशेषतालाई नकारात्मक रुपमा लिनु हुँदैन । हामीले दैनिक जीवनमा उपभोग गर्ने हावा पानी र आगो यदी नियन्त्रण भन्दा बाहिर हुने हो भने यसले निम्त्याउने दुर्घटनाको सामु बाईक दुर्घटना त मात्र सुर्यलाई दियो देखाउने झै हुन जान्छ । हरेक बस्तुको आ-आफ्नो कमजोरी र बिशेषता हुन्छ ।



 
Picture
एसएमएस सुविधा पनि दिनेसाउन – ३ | गुगलले अव आफ्नो सेवामा बढोतरी गर्दै आफ्ना जिमेल प्रयोगकर्तालाई एसएमएस सेवा पनि दिने तयारी गरेको छ।

मोवाइलमा इन्टेरनेट सुविधा नभएका प्रयोगकर्तालाई ध्यानमा राखेर गुगलले यो सुविधा ल्याउन लागेको बताइएको छ।
अहिले एसएमएसको सुविधा अफ्रिकी देशहरु घाना,नाइजेरिया र केन्यामा उपलब्ध गराइसकिएको छ भने केही समयमा अन्य क्षेत्रमा पनि विस्तार गर्दै लगिने गुगलले जनाएको छ।
एसएमसबाटै इमले पठाउन सकिने र सामान्य मोवाइल सेट भएकाले पनि यो सुविधा लिन सक्ने छन् 

 
 
Picture
youtube.com, googlevideo.com, video.com.np लगायत अरु धेरै भिडियो sharing साईटहरुबाट जब हामी कुनै भिडियो हेर्छौ त्यो भिडियो हाम्रो कम्प्युटरको local disk मा cache को रुपमा स्टोर भईरहेको हुन्छ । यो कुरा धेरैजसोलाई थाहा छैन र हामीले हेरीसकेको भिडियो आफ्नो कम्प्युटरमा save गर्नको लागि फेरी कुनै downloading software को सहायता लिएर फेरी download गर्छौ । जबकि उक्त भिडियो पहिले नै browser cache मा save भई सकेको छ भने फेरी किन त्यही भिडियोलाई download गरेर टाईम loss गर्ने ???

त्यसैले आज यस्तो एउटा utility को बारेमा चर्चा गर्नेछु जसको मद्घतले हामीले watch गरेको भिडियोलाई browser cache बाट सजिलै तपाईंले desktop वा local disk मा कपि गर्न सक्नु हुनेछ । यो utility बाट तपाईंले कुनै पनि हेरिसकेको भिडियोलाई सिधै save गर्न सक्नुहुनेछ र यसको लागि अरु कुनैपनि downloading software को जरुरत पर्दैन ।

अब यो utility को बारेमा केही चर्चा गरौ ...
यो utility को नाम हो "Video cache viewer" र यसले माथि भनिए जस्तै तपाईंले watch गरीसकेको भिडियोलाई सिधै कपि गर्न मद्घत गर्छ । सामान्यतया हामीले watch गरिसकेको भिडियो अटोमेटिकल्ली Browser Cache मा store भईसकेको हुन्छ र त्यही store भएको भिडियोलाई यो utility को मद्घतले आफ्नो कम्प्युटरको local disk मा कपि गर्ने हो जसलाई हामीले भबिस्यमा फेरी कुनै पनि बेला watch गर्न सक्छौ । यहाँनिर यो पनि याद राख्नु जरुरी छ कि हामीले हेरेको सबै भिडियोहरु cache मा store हुँदैनन तर पनि धेरैजसो चाँही store नै हुने गर्छ ।

यो "video cache viewer" ले automatically Internet Explorer र Mozilla firefox वेब ब्राउजरको सबै cache हरु स्क्यान गर्छ र त्यहा store भएका video cache (Video file) लाई देखाउछ । यदि cache present छ भने यसले cache application window मा video display गर्छ र त्यो display भएको video लाई नै हामीले आफुले चाहेको ठाउमा save गर्ने हो । त्यसैले अब चिन्ता नगर्नुहोस् , तपाईंले एक चोटि watch गरिसकेको video लाई save गर्न अरु software को प्रयोग गर्नु पर्नेछैन ।

.................................यो utility डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला




utility डाउनलोड गरिसकेपछि install गरेर run गर्नुहोस् त्यहा तपाईंले केही option हरु देख्नुहुनेछ तर हामीलाई अरु option को त्यती जरुरी छैन , हामीलाई मात्र “Play selected File” र “Copy selected Files To…” option को जरुरी छ ।

“Play selected File”
यो option त्यहा display भएका video हरु मध्य कुनैलाई highlight गरेर play गर्न काममा आउछ तर तपाईंको कम्प्युटरमा भएको player ले .flv फरम्याटको फाइल support गर्ने हुनु जरुरी छ । (
यदि तपाईंसँग .flv player छैन भने यहाँ क्लिक गरेर player डाउनलोड गर्न सक्नुहुनेछ । )

“Copy selected Files To…”
यो option नै सबैभन्दा काममा आउछ किनकी यसैबाट हामीले select गरेको भिडियोलाई आफ्नो कम्प्युटरको local disk मा location browse गरेर save गर्न सक्छौ ।

अरु option हरु पनि usefull नै छन use गरेर हेर्नुहोला 


 
फेसबुक बन्द हुँदैछ रे
Picture
 । आउँदो नोभेम्बर ९ देखी फेसबुक ह्याकरहरुले फेसबुक बन्द गराउने धम्की दिएका छन् रे । त्यो धम्की धम्कीमा मात्रै सिमित हुने हो की साँच्ची नै बन्द हुने हो त्यो भने कसैले भविष्यवाणी गर्न सक्दैन । फेसबुकका प्रयोगकर्ता नेपालमै १३ लाख जति  छन् भने विश्वमा करोडौँको हरपलको साथी बनेको छ फेसबुक । यसरी बन्द गराउने हल्ला हल्ला मात्र हो भनेर ढुक्क हुन पनि सकिन्न किनकी प्रविधिको विकास सँगै त्यति काम गर्न सक्ने ह्याकरहरु छैनन् भनेर ढुक्क हुन सकिन्न । सँच्चै बन्द होला नहोला त्यो छुट्टै बहसको विषय वन्ला तर भर्खर भर्खर ब्लगर बनेर आफ्नो ब्लग अपडेट गर्न सिक्दै गरेको सुचना प्रविधिको सिकारु यो दिमागले “फेसबुक बन्द भए के होला ?” भन्ने अनुमान बारे आफ्नो विचार यस ब्लगमा आफ्नो विचार छर्किन लागेको छु ।


१. सब भन्दा पहिले त फेसबुकको सञ्चालक लाई सबै भन्दा ठूलो परिमाणको घाटा लाग्ला । यो त सबैले जानेको र अनुमान लगाउन सकिने कुरो हो ।

२. विभिन्न कार्यालयका कर्मचारीहरु खाली फेसबुकमा रमाउन लागेका छन् भन्ने सुनिन्थ्यो अव फेसबुक बन्द भए कार्यालयको काम पनि अलि छिटो सम्पादन होला ।

३. फेसबुकका प्रयोगकर्ता मध्ये धेरै विद्यार्थीहरु छन् जो बुक छोडेर फेसबुक प्रयोग गर्ने लतमा फसेका छन् । उनीहरुको पढाईको गुणस्तरमा केही सुधार आउला ।

४. कतिपय मेरा मित्रहरुला ईन्टरनेट चलाउन आउँदैन फेसबुक मात्रै चलाउन आउँछ उनीहरुको लागि भने इन्टरनेट भनेको फेसबुक मात्र होइन रहेछ भन्ने नयाँ सिकाई प्राप्त हुनेछ । त्यस पछि अन्य साइटहरु पनि खोल्न र चलाउन थाल्नेछन् । अनि फेसबुक बन्द भएको मौकामा अरु साइटहरुको आम्दानी पनि बढ्नेछ ।

५. मेरो भने फेसबुकमा यो लेख लेख्दा सम्म ६८२ जना साथी र १०६२ फोटोहरु छन् । ती मध्ये करिब १०० जना चहीँ प्रत्यक्ष चिनाजानका साथीहरु छन् ती हटे र मेरो फोटाहरु हराएरभने त मलाई ठुलै घाटा हुनेछ । त्यसैले मलाई यो खबरले मलाई एकचोटी झस्काएको छ । त्यसैले फेसबुकका फोटाहरु अन्तै सार्ने अभियान चलाउँदै छु, गोगलको पिकासामा ।

६. फेसबुकको आगमन सुचना प्रविधिको दुनियाँमा नयाँ परिवर्तन थियो यदि यो बन्द भयो भने पनि एउटा आतंक नै मच्चिने अनुमान गर्न सकिन्छ ।


(बाँकि कुरा तपाईको प्रतिक्रियामा........
 झुक्किएर वा नझुक्किएरै पनि यो ब्लग पढ्नु भयो भने क्रिपाया प्रतिक्रिया दिनुहोला ।) 


 

beautiful website our welcome www.janasakti.weebly.com


तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः [email protected]
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई
सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।


 
स्कलमा पकेट मार्न सिकाइन्छ भन्दा कसैले नपत्याउन सक्छ तर भारतको उत्तर प्रदेशस्थित गाजियावाद अन्तर्गतको हाप’ङ भन्ने ठाउमा त्यस्तै एउटा स्क”ल सञ्चालनमा छ । त्यहाका क’ख्यात पकेटमार बाट सञ्चालित यस स्क”लमा बेरोजगार य’वकहरुलाई पकेट मार्न सिकाइन्छ ।त्यहाका प्रहरी निरीक्षक वीरेन्द्रक’मारका अन’सार प्रहरीले शंकास्पदथानमा छापा मार्ने कार्य पनि गरिसकेका छन् तर उनी सधैं बच्न सफल भइराखेका छन् । यद्यपि, प्रहरी उनका ६ जना शिष्यलाई पक्रन सफल भइसकेका छन् तर बाबर फरार छन् । पक्राउ परेका पकेटमारहरुले प्रहरीलाई दिएको बयानअन”सार, बाबरका शिष्यहरुले क’र्ता पाइजामा लगाएका व्यक्तिहरुको पकेट मार्न महारत हासिल गरेका छन् । उनीहरुका अन’सार सो कार्यमा ह’ने आम्दानीको दश प्रतिशत प्रशिक्ष्क बगर्दछन् ।
 
Picture
viruses, spyware, तथा अन्य malicious software हरु बाट सुरक्षाको लागि माईक्रोसफ्टको नयाँ Microsoft Security Essentials फ्रीमा download को लागि उपलब्ध छ । यो सफ्टवयर download, install अनी update गर्नका साथसाथै चलाऊन निकै सजिलो छ । यदि तपाईंलाई आफ्नो पुरानो Antivirus प्रोग्राम बाट पूर्ण सन्तुष्टी छैन भने यो प्रोग्रामको प्रयोग गर्न सक्नु हुन्छ । कम्प्युटरमा एक भन्दा धेरै Antivirus software एकैचोटी चलाऊदा result त्यती राम्रो नआउने भएकोले नयाँ Antivirus install गरेर चलाऊनु भन्दा अगाडी पुरानोलाई uninstall गर्नु उचित हुनेछ ।

माईक्रोसफ्टले निम्नलिखित नाराका साथ यो software फ्रीमा डाउनलोडको लागि जारी गरेको छ ।Microsoft Security Essentials डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

 
तपाईं मोबाईलमा Youtube चलाऊदै हुनुहुन्छ, आफुलाई मन परेको भिडियो हेर्दै हुनुहुन्छ । यो सब त तपाईं अन्लाईन बस्दा मात्र सम्भब छ , यदि तपाईंलाई आफुले हेरिसकेको कुनै मन पर्ने भिडियो offline अथवा internet on नगरिकन जुनसुकै बेला हेर्न मन लाग्यो भने ? उपाय के त भन्दा उक्त भिडियोलाई मोबाईलको मेमोरीमा वा मेमोरीकार्डमा save गर्ने । अब कसरी youtube का भिडियोहरुलाई कम्प्युटरको सहायता नलीईकनै मोबाईलमा सिधै save गर्ने ?
यसको लागि तपाईंले कुनै यस्तै youtube का भिडियोहरु download गर्ने सुबिधा दिने साईटको सहायता लिन सक्नु हुन्छ । ईन्टरनेट संसारमा यस्ता धेरै साईटहरु उपलब्ध छन । यहाँ यस्तै एउटा साईट बारे जानकारी दिन लागेको छु ।
welcome to www.janasakti.weebly.com
Picture
अहिले वेब साईट को काम पुरा हुन् अझै बाँकि नै छ | हजुर हरुले हेरेर अझ यसलाई कसरि राम्रो बनाउने सल्लाह सुझाब दिनु हुन् अनुरोध गर्दछौ 

janasakti.weebly.com
DHAULAGIR ZONE
FIRST website SITE
TO SHARE YOUR
FEELINGS
NEWS
ENTERTAINMENT
SPORTS UPDATE
GET CONNECTED
नमस्कार, तपाईलाइ हामी स्वागत गर्दछौ ।यो ब्लग हाम्रो सिकारुपन हो ।अवश्य हामी तपाईको अमुल्य सुझावको र कमेन्टको आशा गर्दछौ,साथै तपाइका रचनाहरु छन् भने हामीलाई हाम्रो इमेलमा वा फेसबुकको म्यासेज बक्समा प्रेषण गर्न नभुल्नु होला। । हामीलाइ माया गर्ने सम्पुर्ण साथीहरुप्रति हामी आभारी छौ।।।। हाम्रो इमेल होः 

[email protected]