संसार बदल्ने 7 वेबसाइटहरु
Writer :- Bed Nath Pulami प्रसंग :- Miscellaneous Things, Technology कुनै यस्ता वेवसाइटहरु छन् यो इन्टरनेटको दुनियामा जसको नाम नलिने हो भने आजको यत्रो विकसित इन्टरनेट संजालको कल्पना नै गर्न सकिन्न । जो कुनै व्यक्तिले पनि एक पटक इन्टरनेटको प्रयोग गरेको छ भने उसले यी सबै वा यसमध्ये अधिकांश साइटमा ब्राउज गरेको हुनुपर्छ । यी साइटहरु स्वयममा एउटा उदाहरण हुन्- जसले नेटको दुनिया मात्र बदलेन पुरै संसारलाई नै बद्लिदिएको छ ! आउनुस ति वेबसाइटहरुको केही कुरा गरौ यहाँ : - 1. विकीपेडिया (Wikipedia) कुनै पनि विषय सम्बन्धि जानकारी प्राप्त गर्न सकिने सर्वश्रेष्ठ माध्यम हो विकीपेडिया । आज कुनै पनि विषयमा आधारित खोज गर्नुस् पहिलो लिंक तपाईले विकीपेडियाकै पाउनु हुनेछ । विकीपेडियाको आगमनअघि पनि अनलाइन इन्साक्लोपेडिया (Encyclopedia) त कैयौं थिए तर ती सबैमा कमै मात्र जानकारी हुने गर्दथ्यो र तिनीहरुको प्रयोग पनि कठिन थियो । तर विकीपेडियाको आगमनसँगै पुरै परिस्थितिमा परिवर्तन आयो । विकीपेडिया एउटा निःशुल्क ज्ञानकोष हो । यसलाई कुनै पनि व्यक्तिले सम्पादन गर्न सक्दछ र लाखौ स्वयमसेवकका कारण हरेक दिन यसको ज्ञानकोषको उचाई कयौं गुना बढिरहेको छ। आजभोलि यो ज्ञानकोष अंग्रेजीमा मात्र नभएर नेपाली लगायत धेरै भाषामा उपलव्ध छ । सुरुवातः 15 January 2001. निर्माताः जिम्मी वालेस (Jimmy Wales), ल्यारी सैंगर भाषाः 240 . 2. हटमेल (Hotmail) आजको नयाँ पिढीले यो नाम पहिचान गरुन वा पहिचानका लागि ध्यान नदिउन् तर हटमेलले कुनै समय इमेलको परिभाषा नै बदलिदिएको थियो । हटमेलभन्दा पहिला इमेल गर्नु र इमेल प्राप्त गर्नु दुर्लभ कार्य थियो । अनलाइन इमेल क्लाइन्ट सफ्टवेयर उपलव्ध थिएन । तपाई जब इमेललाई आफ्नो एक पीसीमा डाउनलोड गर्नुहुन्थ्यो तब रिमोट सर्भरबाट त्यो डिलेट हुने गर्दथ्यो । अर्थात एउटा इमेल एक स्थानमा मात्र हेर्न सकिन्थ्यो । हटमेलले वेभमेलको सुरुवात गर्यो । हटमेललाई कुनै पनि पीसीमा ब्राउज गर्न सकिन्थ्यो । कुनै इमेललाई कयौ स्थानबाट खोल्न सकिन्थ्यो । शब्बीर भाटिया र केही अन्य व्यक्तिको यो खोजले इमेल गर्ने तौरतरिकामै बदलाव ल्यायो । पछि माइक्रोसफ्टले हटमेल किन्यो र अहिले यो ब्राण्ड समाप्त भइसक्यो । त्यसको स्थान माइक्रोसफ्ट लाइभ मेलले लिएको छ। तर, हटमेलको याद मानिसहरु अहिले पनि गर्दछन् । सुरुवातः 4 July 1996. Photo Source : Subir Bhatia निर्माताः शब्बीर भाटिया (Subir Bhatia) र अन्य अधिग्रहणः माइक्रोसफ्ट ! 3.फेसबुक (Facebook) फेसबुक विश्वको सबैभन्दा लोकप्रीय सामाजिक सञ्जाल साइट हो । अमेरिकाजस्ता देशमा त यसले गुगललाई पनि उछिनेर सबैभन्दा लोकप्रीय साइटको गौरव पनि प्राप्त गरिसकेको छ। फेसबुकका प्रयोगकर्ताहरु करोडौको संख्यामा छन् र कैयौ मानिसको त दिन र रात फेसबुकमै बित्ने गरेको छ । तर फेसबुक पहिलो सामाजिक सञ्जाल साइट भने थिएन । तर, यसले सामाजिक सञ्जालको सिद्धान्त नै परिवर्तन गरिदियो । फेसबुकले थर्ड पार्टी एप्लिकेशनहरु (Applications) लाई मन्जुरी दिएर आफ्नो लोकप्रीयतामा तिब्रताका साथ बढायो । फेसबुक लोकप्रीय बनिरह्यो किनभने उसले आफूलाई समय अनुसार परिर्वतन गर्दै गयो । सुरुवातः 4 February 2004. Photo Source : Mark Zuckerberg निर्माताः मार्क जकरवर्ग (Mark Zuckerberg) 4. ट्वीटर (twitter) के राजनेता, के अभिनेता, के समाजसेवी, के धर्मगुरु, के आम नागरिक । आज सबैजसो ट्वीटरमा उपस्थित छन् । 140 अक्षरका साथ तपाई संसारभरसँग जोडिन सक्नु हुन्छ । के केही वर्ष पहिलेसम्म कुनै कल्पना गर्न सक्दथ्यो कि एउटा सामान्य व्यक्ति विल गेट्सलगायतका चर्चित हस्तीहरुसँग सिधा प्रश्न गर्न सक्छ कि आफूले उत्तर पनि पाउने गरी । यो ट्वीटरकै कमाल हो, जसले आम र विशेषको भेद मेटाइदियो । अब हरेक ‘विशेष’ व्यक्ति ट्वीटरको माध्यमबाट आम संसारसंग जोडिन चाहन्छ । संसारभरको सरकारका सरकारहरु यो सेवादेखि डराउन थालिसकेका छन् । किनभने सूचनाको अति तिब्र माध्यम क्षणभरमा पलपलको खबर संसारको कुनाकुनामा पुर्याइरहेको छ। ट्वीटर आज जीवनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ । सुरुवातः 2006. Photo Source : Jack Dorsey निर्माताः ज्याक डोर्सी ( Jack Dorsey), इवान विलियम्स, विज स्टोन 5. युट्युब ( YouTube ) युट्युवले मनोरञ्जनको अर्थ नै परिवर्तन गरिदियो । युट्युवभन्दा पहिला अनलाइन भिडियो हेर्न सकिने राम्रो माध्यम थिएन । युट्युवको सुरुवात जब भयो तब विश्वभर निकै ब्याण्डविथ नै उपलव्ध थिएन । त्यतिबेला मानिसहरु सोच्थे यो साइट चल्दैन । किनभने लामा लामा भिडियो मानिसहरुले कसरी हेर्नेछन् ? मानिसहरु आफ्नो साइटमा भिडियो अपलोड गर्दैन थिए किनकि यसबाट उनीहरुको ब्याण्डविथ खर्च ह्वात्तै बढाउथ्यो । तर युट्युवको आगमनका साथै परिस्थिति बदलियो । युट्युवले मानिसहरुलाई अचम्ममा पार्यो । अब निःशुल्क भिडियो अपलोड गर्न सकिन्थ्यो र त्यसलाई कुनै पनि साइटमा राख्न पनि सकिन्थ्यो । अहिले गुगलले लिएको यो सेवामा हजारौ भिडियो दैनिक अपलोड हुने गर्दछन् । र, लाखौ मानिस यो भिडियो हेर्ने गर्दछन् । सुरुवातः February 2005. Photo Source : Chad Hurley निर्माताः चाड हर्ली (Chad Hurley), जावेद, करिब, स्टीभ चैन अधिग्रहण : Google (2006) 6. गुगल (Google ) नाम मात्रै पर्याप्त छ । इन्टरनेटकाबारे सामान्य मात्र ज्ञान राख्ने शायदै कुनै व्यक्ति होलान् जो गुगलका विषयमा थाहा नहोस् । गुगल अर्थात खोज खोज अर्थात गुगल । यतिबेला मानिसहरु भौतिक सामग्री हराए पनि झक्किएर गुगलमा खोजी गर्न जाने बेला भइसकेको छ । मानिसहरु भन्छन्, कुनै जानकारी चाहियो गुगलमा जानुस् न । अहिले इन्टरनेटमा चाहे जेसुकै गरियोस प्रयोगकर्ताहरु गुगलमा एक पटक जान्छन् । गुगलमा खोजी नगरे पनि यसका असंख्य निःशुल्क सेवाको प्रयोग सबैले गर्छन । जीमेल छ, रिडर छ, ब्लगपोष्ट छ, पिकासा छ, युट्युव छ, सूची लामो हुनेछ । आफै सोच्नुस्। सुरुवातः 4 September 1998. Photo Source : Larry Page निर्माताः सर्जेई विन, लारेन्स पैज ( Larry Page ) 7. अमेजन (Amazon.com) किनमेल त्यसै पनि हुन सक्दछ । पसल नै नगई घरै बसेर लगइन गर्नुस् । आफूले मन पराएको उत्पादन छान्नुस् । क्रेडिट कार्डबाट शुल्क तिर्नुस् काम सकियो । घरमै बसेर तपाईलाई आफूले किनेको सामान प्राप्त हुनेछ । अमेजनले मानिसहरुको किनमेलको बानी नै परिवर्तन गरिदियो । अहिले इन्टरनेटमा असंख्य अनलाइन सपिङ्ग साइट छन् तर यस उद्योगको सुरुवात अमेजनले नै गरेको थियो । |
संसारकै महङ्गा वेबसाइट डोमेन नामहरु
इन्टरनेटमा हिजोआज सबथोक बिक्री हुन्छ । सबथोक । त्यसो भए वेबसाइट पनि बिक्री भएको तपाइँलाई थाहै होला । वेबसाइट मात्र किन, डोमेन नाम अर्थात् वेबसाइटको नाम मात्र किन्न पाए, यहाँका अरबपतिहरु सेकेण्डको समय पनि नगुमाई पैसा हाल्न तयार हुन्छन् । त्यो पैसा पनि चानचुनको होइन, लाखौँ डलरको ! तपाइँलाई एउटा उदाहरण दिऊँ- हालै एउटा वेबसाइटको नामको लडाइँ चल्दा त्यसको मूल्य तोकिएको थियो तीन लाख डलर । सिनियर्सडटकम नामक यस डोमेन नामको जब बोली बढ्दै गयो र अन्त्यमा कार्यक्रम सकिएको घोषणा गरियो, यसको मूल्य १८ लाख पुगिसकेको थियो । यति आकर्षण छ, डोमेन नामको ! फोर्ब्स पत्रिकाका अनुसार हालै न्यूयोर्कको ग्राण्ड हयात होटलमा आयोजना गरिएको वेब डोमेन नामको डाक बढाबढमा २१८ वटा यस्ता नामले भाग लिइरहेका थिए, जसको खोजी हरेक व्यक्तिले गरिरहेको थियो । प्रदर्शनीमा रहेका धेरै नामहरु दुइ हजारदेखि तीन हजार पाँच सय डलरका सामान्य दामवाला डोमेन नामसहित अन्य पनि प्रदर्शनीमा थिए । प्रदर्शनीमा महंगा अन्यमध्ये क्रेडिटचेकडटकम चाहिँ १० लाख डलरदेखि ३० लाख डलर मूल्यमा आएर अड्किएको थियो, तर त्यो चाहिँ तत्काल बिक्री भएन । अनलाइन व्यवसायमा बढ्दो आकर्षा र उपयुक्त नामको घट्दो अवसरका कारण युआरएल (युनिफम रिसोर्स लोकेटर) को बेचविखन हिजोआज तीव्र रुपमा हुन थालेको छ । "यसले डोमेन नामको महत्वलाई देखाइरहेको छ", वेब ठेगानाका दलाल म्याट बेन्टलेले बताए । सेक्सडटकमले त सन् २००५ मा १ करोड २० लाख डलरमा बिक्री भएर इतिहास रच्यो । त्यस्तै पोर्नडटकममा ९५ लाख डलरको बोली लगाइएको एक महिना पनि बितेको छैन । त्यसतै बिजनेसडटकम, डायमन्डडटकम र बियरडटकमको मूल्य पनि तपाइँलाई आश्चर्यमा पार्ने किसिमको छ । प्रविधिको महत्व बढ्दै जाँदा विभिन्न कम्पनीले आफ्नो व्यापारिक ब्राण्ड स्थापना गर्न वेबसाइटको नाम पनि उस्तै आकर्षक हुनुपर्ने महसूस गर्दै आएको छ । यस्तो अवस्थामा सबैले खोज्ने, रोज्ने, चाँडै सम्झने किसिमको नामको मूल्य नै बेग्लै ! त्यही भएर मानिसहरुले सबैभन्दा बढी खोज्ने नामको वेब नाम किन्न पैसावालहरु तँछाडमछाड गरिरहेका छन् । अहिले इन्टरनेटमा विज्ञापन दिनुपर्ने रेट हरेक वर्ष ३० प्रतिशतले बढ्न थालेपछि ठूल्ठूला विज्ञापकहरुले सबैले सजिलै भेट्न सक्ने वेबसाइटको नाम छान्न बाध्य छन् । उनीहरु यस्तो नामको खोजमा हुने गर्दछन्, जुन खोजी गर्न सजिलो शब्द पनि होस् र त्यो नाम साधारण भइकन पनि धेरै कुरा भन्न सक्ने विवरणात्मक होस् । जस्तो एउटा साधारण उदाहरण- तपाइँले आफूसँग सम्बद्ध नभएको कुनै नाम छान्नु भयो, पेपरकप्सडटकम । तपाइँलाई कागजी मग बेच्नु छैन तर यो नाम यति विवरणात्मक छ कि गुगल, याहु वा एमएसएन खोजीमा गएर टाइप गर्ने बित्तिकै शुरुमै तपाइँको नाम आउन सक्छ । अहिले त डोमेन नाम दर्ता एउटा ठूलो व्यवसाय बनिसकेको छ । कतिसम्म भने एक जनाले एकै पटकमा अढाइ सयदेखि पाँच सयसम्म यस्ता नाम 'रिजर्भ' गर्छन् । कतिले त धेरै चल्तीका वेबसाइटको समय सकिने बित्तिकै सुटुक्कै आफू रजिष्टर गरेर बीचमा दलाली गरेर लाखौँ रुपियाँ हड्पिने पनि गर्दछन् । आउनुहोस्, संसारकै सबैभन्दा महङ्गो दाममा बिक्री भएका वेबसाइट डोमेन नामहरुबारे सानो जानकारी लिऊँ- १. नम्बर एकमा पर्न सफल साइटको नाम हो- सेक्सडटकम । यसको मूल्य एक करोड २० लाख डलर पर्यो । मूलतः गेरी क्रेम्यानले यो नामलाई सन् १९९४ मा दर्ता गरेका थिए । सिलिकन भ्यालीमा काम गर्ने सफ्टवेयर सेल्सम्यान यी व्यक्तिले सने २००५ मा निजी छलफलका माध्यमले एस्कम एलएलसी नामक बहुचर्चित कम्पनीलाई उनले बेचेका थिए । धेरै वर्षअर्काको सफ्टवेयर बेच्दाबेच्दा गर्न नसकेको काम एउटा डोमेन नामले करिब १० वर्षछि उनको आर्थिक जीवन नै परिवर्तन गरिदियो । २. गएको मे महिनामा एमएक्सएन लिमिटेडले यो पोर्नडटकम नाम खरीद गरेको थियो । मोनिकरडटकमले यो नामका लागि ९५ लाख डलर बोली लगाएको थियो र एमएक्सएनले यो रकम पूरै नगदमा तिरेको थियो । नगदी तिरिएको सबैभन्दा धेरै रकम भएको यही एउटा मात्र वेब नाम अहिलेसम्म रहन गएको छ । ३. तेस्रो नम्बरमा रहन सफल बिजनेसडटकमलाई ७५ लाख अमेरिकी डलरमा बेचिएको छ । डिज्नेका पर्ूव कार्यकारी निर्देशक ज्याक वेनबमले सन् १९९९ मा स्थापना गरेको इकम्पनिज् भेन्चर ग्रुपले यो नाम आफूमा सुरक्षित राखेको थियो । यसको डिमान्ड निकै उच्च भए पनि यसको पर्ूण्ातः उपयोग हुन सकेको छैन । ४. ओडिमो नामक संस्थाले एउटा खुद्रे गहना पसल चलाउनेलाई मे २००६ मा डायमण्डडटकम वेबसाइट बेच्दा ७५ लाख डलर कमायो । आइसडटकमले खुद नगद तिरेर यसलाई आफ्नो बनाइसक्दा उसले थप २० लाख रुपियाँ खर्चिनु परेको थियो । ५. बियरडटकम सबैभन्दा महङ्गा वेब ठेगानामा पाँचौँमा पर्दछ । मूलतः बिल फिशर नामक व्यक्तिले यो नाम दर्ता गराएका थिए । उनी एउटा वेबसाइट निर्माता पनि थिए । जोसँग बडवेजर र गिनिजडटकम आफूसँग सुरक्षित राखेका थिए । उनले यो साइटलाई बेल्जियमको एउटा बियर कम्पनीलाई बेचिदिए । यो कम्पनी संसारकै सबैभन्दा धेरै बियर बनाउने कम्पनीमध्ये पर्दछ । अहिले यो वेबसाइट पुरुष व्यक्तिहरुलाई ध्यानमा राखी बनाइएको छ । |