मान्छेको सबैभन्दा खतरनाक हतियार
मान्छेको सबैभन्दा खतरनाक हतियार बन्दुक, पेस्तोल, खुकुरी, भाला-तरवार, गोलाबारुद, पेनबम, पुतलीबम, प्रेसरकुकर बम, सुतलीबम, बाल्टीबम, डाइनामाइट र भारतमा टिफिनबम आदि हुन सक्छ तर मान्छेको सबैभन्दा डरलाग्दो हतियार मान्छेको आफ्नै जिब्रो हो भन्ने कुरालाई बाइबल धर्मशास्त्रले पुष्टि गरिसकेको छ। जिब्रो त एउटा विष्फोटक पदार्थजस्तो पनि हो, बेला-बेला जिब्रोले ठूलो क्षति पुर्याउँछ। जिब्रोले अरूको कुरा काट्छ, अरूको निन्दा गर्छ। शैतानले आफ्नो सानो चुप्पीको रूपमा हाम्रो जिब्रोलाई चलाउँछ। कतिपल्ट हामी अन्धो भएर शैतानलाई सहयोग गरिराखेका पनि हुन्छौं। कसरी-कसरी हामी शैतानको हत्केलामा खेल्न, नाच्न पुगिसकेका हुन्छौं। कतिपल्ट जथाभावी थुतुनो चलाएर बोलबमको काम गर्न पनि पछि पर्दैनौं। त्यसरी कतिपल्ट शैतान, हाम्रो शत्रुले हामीलाई आफ्नो पासोभित्र फसाइसकेको हुन्छ। कतिपल्ट मण्डलीभित्रै घटेका धेरै अप्रिय घटनाहरू पनि जिब्रोकै कारणबाट भएको सम्झना आउँछ। मै हुँ भन्ने कस्ता बलिया ख्रीष्टियानहरू पनि बोलीकै कारणले फसेका छन्, फसाएका पनि छन्। बोलीकै कारणले मित्रता भङ्ग पनि हुन सक्छ। चिप्लो बोली जिब्रोले नै गर्छ, खस्रो बोली पनि जिब्रोले नै गर्छ। कसै-कसैको बोली भकिम्लोको काठ भाँचेजस्तो हुन्छ भन्ने भनाइ पनि हाम्रो छ। “हामी बोलेर धेरै पाप गर्न गर्छौं।” जिब्रो ठीकसँग सदुपयोग नगर्ने शिक्षकहरूको न्याय अझ कठोर रूपले हुने कुरा बाइबलमा उल्लेख गरिएको छ। “मेरा भाइ हो, यसो नहुनुपर्न हो।” उक्त भनाइले मान्छेलाई भारी पुग्छ। जिब्रोलाई लगाम लगाउन सक्ने व्यक्तिलाई बाइबलले “सिद्ध” मानिसको दर्जा दिएको छ।
हामी सबैले याकूब ३: १-१२ को खण्ड र त्यसबाहेक अयूब, भजनसंग्रह, हितोपदेश, यशैया र १ तिमोथीबाट पनि पढेपछि जिब्रोको बारेमा धेरै सत्यता अघि आउँछन्। जिब्रोलाई आगोसँग तुलना गरिएको छ। आगोको सानो झल्काले ठूलो जङ्गल पनि स्वाहा हुन सक्छ। जिब्रोलाई एउटा अधर्मको दुनियाँ पनि भनिएको छ। मैंले धेरैपल्ट याकूब तेस्रो अध्याय पढेको छु, अध्ययन गरेको छु। यो अध्याय पढ्न मलाई सधैं साह्रै जाँगर चल्छ। साह्रै घतलाग्दो ढङ्गले लेखिएको पाउँछु। कति मण्डलीमा यो खण्डबाट प्रचार पनि भएको सम्झना आउँछ। जिब्रोको बारेमा प्रचार हुँदा भारतको एउटा सम्मेलनमा रुवाबासी भएको घटनाको सम्झना पनि आलै छ। धेरैले जिब्रोलाई आफ्नो काबुमा राख्दैनन्। जिब्रो घातक विषले भरिएको चञ्चल दुष्ट हो भन्ने भनाइ पनि कति घतलाग्दो र अर्थपूर्ण छ। जिब्रोको बारेमा उदाहरणसहितको शिक्षा कति शिक्षाप्रद छ। एउटै जिब्रोले प्रभुको प्रशंसा र एउटै जिब्रोले सराप्न पनि बाँकी राख्दैनौं। एउटै धाराबाट तितो पानी र मीठो पानी कसरी सम्भव हुन्छ र भन्ने उदाहरण पनि साह्रै हृदय छुने खालको छ।
तिहार आयो, मेरी दिदीलाई फेरि सम्झाएर गयो
आमाले सुनाउनु हुन्थ्यो सधैँ एउटा कुरा। जहिले पनि हामी बीच कुनै कुरा भो वा हाम्रो बीचमा कुनै कुरा भयो भने एउटै कुरा सुनाउनु हुन्थ्यो। सानोका कुरा के नै थाह हुन्छ र सबैलाई। अझै सबै भन्दा सानो बेलाका कुरा, जो हामीलाई याद नै हुदैन, त्यसता कुरा सुन्दा निकै रमाइलो हुन्छ। तर कहिलेकाहीँ चाही लाजै लाग्ने रमाइला किस्साहरूले चाहिँ च्वास्स पार्न चाहिँ छोड्दैनन्। मेरो आफ्नै कथा र रमाइला प्रशंगहरु जो म अझै पनि कुनै हद सम्म सबैलाई बाँड्न सक्दिन त्यसलाई फेरि रमाइलो प्रशंगहरु मिलाएर भन्दा राम्रो होला।
सानो छदा, मेरी दिदी घर नजिकैको पीपलको रुखमा खेल्न जान्थिन् रे, आमाले भनेको। घरबाट निजिकै छ अझै पनि त्यो रुख, जो म कहिलेकाहीँ गाउँ गए भने देख्छु र नौलो अनुभव गर्छु, मेरो घरको नजिकैको मन्दिर न किन नहोस, त्यी सबै सँग मेरो दिदी र मेरा रमाइला प्रशंगहरु जोडिएका छन। यो सबैले मनमा नौलो अनुभव हुन्छ। म ३ वर्षले सानो थिए दिदी भन्दा र यो सानो उमेरको फरकले पनि मैले सानो हुदैकी मेरी दिदी र मेरो बीचका निकै रमाइलो र अनौठो घटना क्रमलाई सम्झन मद्दत गरिरहेको छ। म अझै सम्झन्छु तर कुरा त्यहाँबाट सुरु भएको हैन। आमाले सुनाउने रमाइला प्रशंगहरुबाटै जोड्दा निकै रमाइलो लाग्छ।
म जन्मिएको थिइन, सबैका भाईहरु भएका ले मेरी दिदीलाई पनि भाई भई दिए हुन्थ्यो भन्ने लाग्दो हो, बिहानै सधैँ पीपलको रुखमा गएर नमस्ते गर्ने, कुनै मन्दिर वा पूजामा गएका बेला बेस्करी हात जोडेर केही माग्ने मेरो दिदीको बानी। उहाँ जहाँ जानु भो, मन्दिर वा पूजामा आमाको हात समात्दै एउटै कुरा माग्नु हुन्थ्यो रे, “भाई” । जहिले पनि भाईनै माग्ने मेरी दिदीलाई त्यस बेला कुनै तिहारको सम्झना थियो होला न कुनै तीजका कुरा मनमा थिए तर पनि उहाले लगातार मेरो जन्मको लागी प्रथना गर्नु भयो। बच्चाहरू ईश्वर हुन्छन् र त्यसै भयो म मेरै दिदीको तपस्याले जन्मिए भनिरहँदा मलाइ कुनै नौलो वा अचम्म लाग्दैन। किनकी अझै पनि चिनेर जानेका मान्छेहरू यो कुरा सुनाउँछन्।
जहिले पनि दिदीले नै बोकेर हिँड्नु हुन्थ्यो रे। बोक्न सक्ने भए पछि, आमाको पछ्यौराले आफ्नो ढाडमा बोकेर गाउँ र पल्ला घरको पीढी सम्म खेल्न पुराउने मेरी दिदी सँगका यस्ता धेरै कुराहरू मलाइ याद छैन। पहिलो पटक दिदीको हात समातेर शिशु कक्षा पढ्न जादाका घटनाहरू निकै याद छन्। बाल मन्दिरमा दिदीहरू पढ्दा, म पनि दिदी सँगै हुन्थे। सबै कुरा छोडेर सबै भन्दा मेरो ख्याल गर्ने दिदी सँगका त्यस बेलाका निकै घटनाहरूले मनलाइ नै कस्तो कस्तो बनाएर ल्याउँछ। अहिले हामी हाम्रो बच्चाहरूलाई टाइम-आउट गरे जस्तै सानोमा मेरो आमाले हामीले निकै कुरामा सजाय र पुरस्कार दिनु हुन्थ्यो। कहिलेकाहीँ बेस्करी थप्पड पनि खान्थ्यौ। एउटा छोरा र छोरी, जसलाई आफ्नो जीवनको अन्तिम सहारा मान्नु पर्ने परिवेशमा आफ्ना बच्चाहरू बिग्रेलानकी भन्ने पीर सबै भन्दा बढी बाबु आमालाई हुनु स्वाभाविक नै हो। बदमासी गरियो भने कहिलेकाहीँ आमाले खाना दिनु हुन्थेन। केही समय, हामीले आज टाईम आउट गरेर। दिदीले भने आफूले नखाएर भए पनि केही न केही किनेर बा चोरेर खुस्स दिनु हुन्थ्यो। मेरो त्यस बेला पनि मनमा दिदीनै मेरो लागि सहारा र सबै भन्दा ज्ञानी लाग्थ्यो।
समय निकै परिबर्तन भयो, ठूलो हुँदै गर्दा, सँगै बसेर तीज मनाउन नपाएको बर्षौ भएको थियो तर यस पाली तीज सबै भन्दा रमाइलो भयो। हामी दुबै सँगै थियो तर फेरि तिहार पो हो त है ? भने जस्तै गरि गयो। एकै छिन नभई नहुने दिदी भाई, भेट भयो भने सबै भन्दा बढी झगडा हुन्छ अहिले पनि। कुनै न कुनै कुरामा मलाइ सानै देख्नु हुन्छ सायद। म पनि उनै हात समातेर, म भन्दा अलिक अग्ली त हो नि भने जस्तै गरेर व्यवहार गरेको हूँला, बिना कारण झगडा वा भनौ ठ्याक ठुक्क पर्छ छोड्दैन। तर मलाइ सबै भन्दा बढी माया गर्ने उनै मेरी दिदीलाई बेस्करी सम्झिएको छु। तिमीले भाईको आ.. त गुलियो हुन्छ भनेर भनेका त्यो सानोका घटनाहरू निकै सम्झिन्छु। म बिरामी हुँदा हप्तौ सगै बसेर मेरो दिशा पिसाब, घाउका पट्टीहरू समेत स्याहारेर बस्ने तिमीलाई मैले नसम्झेको हु र? फोनमा कुरा गर्दा पनि कता भक्कानो छुट्छ की जस्तो गरेर थाम्न नै गाह्रो भो। कुरा गर्न मन नलागेर हो र? कतै न कतै दिदीलाई सम्झेको पिडा फुत्कन्छ कि भन्ने पिरले बढी बोल्नै मन लागेन। बोल्दा पनि बाहिरी प्रशंग, मेरो नया जागिर र नया ठाउँकै बारेमा कुरा लगेर टारेँ.. तिमीलाई धेरै धेरै सम्झिएको छु। यो तिहारमा न सही भेट भएकै बेला सधै तिहार हुने गरि मनाउला। तिम्रो आशीर्वाद सधैँ म सँगै छ। म जहाँ छु, त्यो सबै तिम्रो आशीर्वाद र कृपाले हो। तिमी मेरो लागि आमा हौ, बाबु दिदी हौ, मेरो दाजु अनि भाई हौ साथि हौ र सबै भन्दा पनि ठूलो मेरो सहारा हौ। तिमीलाई मेरो धेरै धेरै सम्झना र माया छ। सधै सम्झिने नै छु... तर सही मानेमा मेरो आँखालाई भने आज पनि रोक्न सकिन। तिमीलाई पुज्न र सम्झन तिहार आउन पर्दैन तर पनि यो तिहार आयो, मेरी दिदीलाई फेरि सम्झाएर गयो, मैले मेरी दिदीलाई फेरि बेस्करी सम्झिए... सबैलाई चेतना भया
. . . TO MY SISTER . . .
I'm blessed to call you sister,
I also call you friend;
You've loved me unconditionally,
And stood through thick and thin.
You've shared my joys and sorrows,
My laughter and my tears.
You've been my inspiration,
As we grew up through the years.
When we were little children
We laughed and played together;
Then growing up you stood by me,
Through good and stormy weather.
There's something God has given us,
That's more than family;
He's placed a love for you, my Sister,
Deep down in the heart of me.

लघुकथा: राहत
बज्र नारायणको सबै भन्दा पहिले पालो आयो यस पटक। उसलाई एकाउन्टेन्ट रामदासले बोलाए यो महिनाको तलब बुझ्न। केही हात्ती र बाघका पत्ताहरू सहित, उसले राहत महसुस गर्ने भयो। हतार हतार एकाउन्टेन्ट कहाँ पुग्यो, पैसा बुझ्यो। रामदासले टाउको कन्याउँदै महिनाको पहिलो हप्ताको शुक्रबार क्यान्टिनमा चिया खादै गर्दाको कुरा सम्झायो, बज्र नारायण केही बोलेन, खुरुक्क दुईवटा हात्ती उसैलाई थमायो र साथमा धन्यवाद लियो र फर्कियो।
रामदासको कोठाबाट निस्कने बित्तिकै, उसलाई बुझाएको सापटी सँगै मनमा अनेकौं रामदासहरुको याद आयो । पालै पालो अफिसका सबै रामदाहरुलाई सापटी बुझाउँदै गयो र साथमा धन्यवादको पोको लिएर फर्कियो । बेलुका घर जाने बेला बाटोमा मझुवा कान्छोको रासनको दोकान हुँदै, अन्सारी कसाईको पसलमा पुग्यो। पुग्दा नपुग्दै, अन्सारीले भन्यो, “नमस्ते सर आज त ३० गते हो क्यारे है ? महिनाको अन्तिम दिन” उसले पनि सम्झेकै रहेछ । बज्र नारायणले अनुमान गरे जस्तै भयो । त्यहाँ पनि उसले बाँकी तिर्यो । विचार गर्यो आज त मासु लैजाउ क्यार । “अन्सारी भाइ खसीको मासु कसरी गएको छ अहिले?” उसले सोध्यो । “हजुर, तपाई मात्र हो भाउ सोध्ने, भाउजूले अगाडि नै लैजानु भो मासु त, तपाइले लानु पर्दैन” अन्सारीले भन्यो । लौ ठिक्कै भए छ, फेरि मुख फोरेर उधारो माग्न त परेन । उसले पहिलो पटक राहत महसुस गर्यो ।
तिर्दै जाँदा उ सँग कति बाँकी बच्यो, उसले पैसा गन्ने आटै गरेन फेरि । घर पुग्यो, मन मनै सोच्यो कसैलाई छुट्यो कि तिर्न; कसैलाई छुट्यो भने त फेरि अर्को महिना चलाउन गाह्रो हुन्छ। यसै बीचमा भान्साबाट भाउजू कराइन “सुन्नु भो, मासु ल्याएकी छु अन्सारी कहाँबाट तर प्याज सकिएको रहेछ, ल्याउनु पर्ने” । प्याज सँगै उसको मनमा लसुन, अदुवा, जीरा, धनियाँ सबै एक साथ आयो । उसलाई डर लाग्यो के के कुरा सकिएका छन् आजै । “ह्या छाडिदेउ प्याज हालेको मासु खल्लो हुन्छ” बज्र नारायणले जबाफ दियो । “हो हुन त, प्याज हालेको मासु खल्लो नै हुन्छ” भाउजूले जबाफ दिइन् । केही बेरमै प्रेसर कुकरको सिट्ठी बज्यो । एकै साथ सबै मसलाहरूको बोझ टर्यो र फेरि बज्र नारायणले राहत महसुस गर्यो.. ……बज्र नारायणको सबै भन्दा पहिले पालो आयो यस पटक। उसलाई एकाउन्टेन्ट रामदासले बोलाए यो महिनाको तलब बुझ्न। केही हात्ती र बाघका पत्ताहरू सहित, उसले राहत महसुस गर्ने भयो। हतार हतार एकाउन्टेन्ट कहाँ पुग्यो, पैसा बुझ्यो। रामदासले टाउको कन्याउँदै महिनाको पहिलो हप्ताको शुक्रबार क्यान्टिनमा चिया खादै गर्दाको कुरा सम्झायो, बज्र नारायण केही बोलेन, खुरुक्क दुईवटा हात्ती उसैलाई थमायो र साथमा धन्यवाद लियो र फर्कियो।

तिर्दै जाँदा उ सँग कति बाँकी बच्यो, उसले पैसा गन्ने आटै गरेन फेरि । घर पुग्यो, मन मनै सोच्यो कसैलाई छुट्यो कि तिर्न; कसैलाई छुट्यो भने त फेरि अर्को महिना चलाउन गाह्रो हुन्छ। यसै बीचमा भान्साबाट भाउजू कराइन “सुन्नु भो, मासु ल्याएकी छु अन्सारी कहाँबाट तर प्याज सकिएको रहेछ, ल्याउनु पर्ने” । प्याज सँगै उसको मनमा लसुन, अदुवा, जीरा, धनियाँ सबै एक साथ आयो । उसलाई डर लाग्यो के के कुरा सकिएका छन् आजै । “ह्या छाडिदेउ प्याज हालेको मासु खल्लो हुन्छ” बज्र नारायणले जबाफ दियो । “हो हुन त, प्याज हालेको मासु खल्लो नै हुन्छ” भाउजूले जबाफ दिइन् । केही बेरमै प्रेसर कुकरको सिट्ठी बज्यो । एकै साथ सबै मसलाहरूको बोझ टर्यो र फेरि बज्र नारायणले राहत महसुस गर्यो.. ……

२३ करोड पर्ने मोबाइल
२३ करोड पर्ने मोबाइलएक बेलायती कम्पनीले संसारकै सबैभन्दा महँगो फोन तयार गरेको छ। सुनबाट बनेको यो फोनमा दुई सय हिरा जोडिएको छ। कम्पनीले यसको मूल्य २३ करोड ५० लाख रुपैयाँ रहने जनाएको छ।
लिभरपुलको कम्पनी गोल्ड स्ट्राइक इन्टरनेसनलका लागि स्टुआर्ट हग्सले डिजाइन गरेको यो मोबाइलमा २२ क्यारेट सुन प्रयोग भएको छ। फोनको अघिल्लो भागमा १ सय ३६ हिरा जोडिएको छ।
एप्पलको लोगो पनि हिराबाटै बनाइएको छ। आइफोन थ्रीजी सुप्रिम नाम राखिएको मोबाइल तयार पार्न ११ महिनाभन्दा बढी समय लागेको कम्पनीले जनाएको छ। अस्ट्रियाका एक व्यवसायीको माग अनुसार यो फोन निर्माण गरिएको बताइएको छ।